|

सुर्खेत : उमेर नपुग्दै विवाह गरी सुत्केरी हुँदा मुगुका महिलामा पाठेघर खस्ने समस्या देखिएको छ। सुत्केरी तथा गर्भवती अवस्थामा पोसिलो खाना नखाने र भार बढी हुने काम गर्दा जिल्लाका धेरै महिलाको स्वास्थ्यमा समस्या देखिएको हो।

स्वास्थ्य सेवा कार्यालयले दिएको जानकारी अनुसार आर्थिक वर्ष २०७८/७९ मा छायानाथ रारा नगरपालिकामा पहिलो, दोस्रो र तेस्रो चरणमा जाँच गर्दा २५  महिलामा पाठेघर खस्ने समस्या पाइएको छ। सदरमुकाम रहेको पालिकामा पाठेघरको समस्या देखिएका महिला कम उमेरका छन्।

सदरमुकाम स्वास्थ्य सेवा कार्यालय सम्मा पहुँच भएको पालिका हो। अन्य पालिका सदरमुकाममा रहेको स्वास्थ्य संस्थासँग पहुँच नभएका कारण पाठेघरको समस्या भएका महिलाको संख्या धेरैभएको अनुमान लगाएको छ।

स्वास्थ्य सेवा र्काालय मुगुकी सिनियर अनमी रामदेवी केसीले सोरु गाउँपालिका, खत्याड गाउँपालिका र मुगमकार्मारोङ गाउँपालिकाको स्वास्थ्य कार्यालयबाट पाठेघर खस्नेबाट पीडित भएका महिलाको विवरण आउन बाँकी रहेको बताइन् । पाठेघर खसेका वा समस्यामा परेका महिलाले वषौँ देखि समस्या लुकाएर बसिरहेको उनले बताइन्।

सोरु गाउँपालिकाको स्वास्थ्य शाखाका प्रमुख चरित्र धामीले दिएको जानकारीअनुसार पाठेघरसम्बन्धी ‘स्क्रिनिङ’ जाँच गर्दा हालसम्म ३६ महिलामा पाठेघरसम्बन्धी समस्या भएको पाइएको छ।  खत्याड गाउँपालिका र मुगुम कार्मारोङ गाउँपालिकामा पाठेघरसम्बन्धी पीडित महिलाको संख्या धेरै भए पनि पीडित खुल्न नसकेको बताइएको छ।  

डा. मीना हमाल चौलागाईँले उमेर नपुग्दै बिहे गर्ने बच्चा जन्माउने हुँदा दुर्गम जिल्लामा महिलामा पाठेघरसम्बन्धी समस्या देखिएको बताइन्। शिक्षा तथा पारिवारिक दबाबका कारण समस्य लुकाएर बस्न बाध्य भएको उनको भनाइ छ।
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.