|

जनकपुर : एक व्यक्तिले अर्को व्यक्तिप्रति गर्ने विश्वासको वातावरण हराउँदै गएको समयमा जनकपुरका एक रिक्सा चालकले हराएको पैसा मान्छे खोजेर फिर्ता गरेका छन्।  त्यसैले जनकपुरमा अहिले उनको चर्चा छ।

घटना हो बिहीबार करिब ११ बजेको समयको ! जनकपुर उप–महानगरपालिका १६ कपिलेश्वर बस्ने सुमित कुमार यादवको रिक्सामा चढेकी एक महिलाले आफ्नो झोला रिक्सामै छुटाइन्। यादवले झोला खोलेर समेत हेरेनन्। उनले झोला प्रहरीको जिम्मा लगाए।

झोला खोल्दा प्रहरीले १ लाख ६६ हजार २ सय रुपैयाँ भेट्यो।  आशादेवी यादवले त्यसको केही समयपछि प्रहरीमा आफ्नो झोला हराएको जानकारी गराइन्। आशादेवी यादवले १ लाख ६६ हजार २ सय रुपैयाँसहितको झोला लिएर कपिलेश्वरबाट रिक्सा चढी भानुचोक आउने क्रममा झोला अटोरिक्सामै बिर्सिएकी थिइन्।

यस घटनापछि प्रहरी र आशादेवीले सुमितले देखाएको इमानदारीताको कदर गरेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.