|

काठमाडौं : काठमाडौं महानगरपालिकाले मैतीदेवी चोकमा रहेको प्रहरी बिट भत्काएको छ।

मंगलवार महानगर प्रहरीले मैतीदेवी चोकमा रहेको नेपाल प्रहरीको बिट भत्काएको हो। महानगर प्रहरीको टोलीले प्रहरीका आवश्यक सामान सार्न लगाएर डोजर प्रयोग गरी प्रहरी बिट भत्काएको छ

मैतीदेवी चोकको एक कुनामा सडक र फुटपाथ छेकिने गरी बनेको सानो भवनबाट प्रहरी बिट सञ्चालन भएको थियो। त्यस क्षेत्रमा सवारीसाधनको चाप बढी भएको र प्रहरी बिटका कारण पैदलयात्री पनि सडकबाटै हिँड्नुपर्ने बाध्यता रहेकाले प्रहरी बिट भत्काइएको महानगरले बताएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.