|

काठमाडौं : मिस नेपाल २०१७ को ताज मोरङकी निकिता चन्डकले जितेकी छन्। शुक्रबार काठमाडौंमा आयोजित मिस नेपाल २०१७ को ग्राण्ड फिनालेमा अरु १८ जना प्रतिस्पर्धीलाई पछि पार्दै चन्डकले मिस नेपाल वर्ल्डको ताज पहिरिएकी हुन्। उनलाई मिस नेपाल २०१६ अश्मी श्रेष्ठले मिस नेपालको ताज पहिर्‍याइदिइन्। 

मिस नेपालको ताजसँगै उनले अन्य दुईवटा टाइटल अवार्ड पनि जितिन्। उनले मिस कन्फिडेन्ट र मिस पपुलर च्वाइस अवार्ड पनि जितिन्। त्यस्तैै मिस नेपाल अर्थको अवार्ड रोजिना श्रेष्ठ, मिस नेपाल इन्टरनेशनको अवार्ड नीति शाह र मिस नेपाल एसिया प्यासिफिक इन्टरनेशनलको अवार्ड सहारा बस्नेतले जितेकी छन्। 

त्यस्तै मिस एथ्लेट्सको अवार्ड मञ्जरी सिंह, मिस बेस्ट कम्प्लेक्सनको अवार्ड नीति शाह र मिस ब्युटी विथ पर्पसको अवार्ड दृष्टि कटवालले जितेकी छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.