|

भोजपुर : षडानन्द नगरपालिकामा आयोजित दुई दिने स्वास्थ्य शिविरमा ६६३  जनाले सेवा लिएका छन्। जसमा आँखाका २१६, दन्त सम्बन्धी २२९, बालरोग ६० र गाईनो तथा ओपिडीमा  १५५ जनाले सेवा लिएको षडानन्द नगरपालिकाका स्वास्थ्य संयोजक सुन्दर श्रेष्ठले जानकारी दिए।

शिविर षडानन्द नगरपालिका र हेल्पिङ हेन्डस हेल्थ एजुकेशन इन्टरनेस्नलको साझेदारीमा शिविर सञ्चालन गरिएको हो। स्थानीय नागरिकलाई सहज रुपमा विशेषज्ञ डाक्टरहरुको सेवा दिने लक्ष्यले शिविर सञ्चालन गरिएको षडानन्द नगरपालिकाले जनाएको छ। शिविरले विशेष गरी ज्येष्ठ नागरिक, महिला, बालबालिका तथा विपन्न नागरिकलाई  प्रत्यक्ष रुपमा लाभ पुगेको नगर प्रमुख सुरेन्द्र कुमार उदासले बताए। 

महिला सम्बन्धी रोगको लागि नगरपालिकाले योजनाबद्ध रुपमा काम गरिएको षडानन्द नगरपालिका उप प्रमुख प्रमिला राईले बताइन्। विशेष गरेर महिलामा देखिने आङ खस्ने लगायत रोगका लागि थप शिविर सञ्चालन गर्ने योजना रहेको उनको भनाइ छ।

दुर्गमका बिरामीलाई लक्षित गरेर नगरपालिकासँगको सहकार्यमा शिविरको सञ्चालन गरेको हेल्पिङ हेन्डस अस्पतालले जनाएको छ। शिविरमा मार्फत आँखाको रोगको पहिचानसँगै निःशुल्क चस्मासमेत वितरण गरिएको अस्पतालका सञ्चालक नारायण श्रेष्ठले बताए।

आफ्नो ठाउँमा विशेषज्ञ डाक्टरबाट स्वास्थ्य सेवा पाउँदा स्थानीय खुसी भएका छन्। शिविरले स्वास्थ्य सेवा लिन भोजपुर सदरमुकाम, संखुवासभा तथा विराटनगर जाँदै आएका स्थानीयलाई सहजता थपिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.