|

डडेल्धुरा : डडेल्धुरामा भीरबाट लडेर एक महिलाको मृत्यु भएको छ। मृत्यु हुनेमा जिल्लाको परशुराम नगरपालिका–५ परिगाउँकी २६ वर्षीया डम्बरीदेवी धामी रहेको इलाका प्रहरी कार्यालय, जोगबुढाले जनाएको छ।​

मंगलबार बिहान घाँस काट्ने क्रम गड्बड्यानी भीरबाट लडेर धामीको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय जोगबुडाका प्रहरी निरीक्षक निरीक्षक गंगादत्त बडूले जानकारी दिए।

उनका अनुसार धामी भीरबाट करिब एक सय मिटर तल खसेकी थिइन्। उनको शवलाई अहिले पोस्टमार्टमका लागि जोगबुढा ल्याइएको प्रहरी निरीक्षक निरीक्षक बडूले बताए। धामी गाउँका अन्य महिलासँगै घाँस काट्न गएकी थिइन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.