|

सुर्खेत : गत वर्षको मंसिर २३ गते सुर्खेत उद्योग वाणिज्य संघको आयोजनामा सञ्चालन भएको कर्णाली एक्सपो अन्तर्राष्ट्रिय व्यापार मेला २०७३ को उद्‍घाटनमा लगाइएको र्‍यालीमा  सहभागी हुँदा वेहोश भएर मृत्यु भएकी सुर्खेतकी छात्रा समिक्षा आचार्यका परिवारलाई सहयोग रकम प्रदान गरिएको छ।

स्वर्गीय छात्रा आचार्यको मृत्यु भएको ६ महिनाको  पुण्य तिथिको अवसरमा उनले अध्ययन गर्ने गरेको सुर्खेत वीरेन्द्रनगरको सुर्खेत होर्राइजन शनिबार एक कार्यक्रमको आयोजना उनको परिवारलाई ४ लाख रुपैयाँको चेक हस्तान्तरण गरेको हो।

विद्यालयको तर्फबाट समिक्षाका परिवारलाई सुर्खेतका जिल्ला शिक्षा अधिकारी जीतबहादुर शाहले चेक हस्तान्तरण गरे। शाहले समिक्षाका बुवा विष्णु आचार्यलाई उक्त चेक हस्तान्तरण गरेका हुन्।

स्व. समिक्षाका सम्झनामा सहयोग रकम प्रदान गर्न आयोजित यस कार्यक्रममा उनको नाममा विद्यालयले अक्षयकोष खडा गर्न लागेको जानकारी दिइयो। समीक्षाको वीरेन्द्रगरमा आयोजित कर्णाली एक्सोपो अन्तराष्ट्रिय व्यापार मेला २०७३ को उद्घाटन सत्रको र्‍यालीमा विद्यालयको तर्फबाट सहभागी हुँदा निधन भएको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.