|

काठमाडौं : नेकपा एमाले सचिवालय बैठक बोलाएको छ। 

ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा आज बिहान ११ बजे बैठक बस्न लागेको केन्द्रीय कार्यालयका सचिव डाक्टर भीष्म अधिकारीले जानकारी दिए।

आजको बैठकमा सरकारमा बस्ने कि बाहिरिने बारे पनि निर्णय लिन आँकलन गरिएको छ। अघिल्लो सचिवालय बैठकमा सरकारबाट नबाहिरिने निर्णय गरेको एमालेलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले झन चिढ्याउँदै गएका छन्।

उनले हिजो परराष्ट्रमन्त्री डाक्टर विमला पौड्याल राईलाई स्वीट्जरल्याण्ड भ्रमण रोेकेर पूर्व कानूनमन्त्री गोविन्दप्रसाद कोइरालाई पठाएका छन्। आजको बैठकमा राष्ट्रपतिको निर्वाचनका बारेमा पनि छलफल हुनेछ। 

एमालेले पार्टीका उपाध्यक्ष सुवास नेम्वाङलाई राष्ट्रपति पदको उम्मेदवार बनाएको छ। राष्ट्रपतिको निर्वाचन यही फागुन २५ गते हुँदैछ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.