|

जलेश्वर : महोत्तरीको बलवा नगरपालिका–१० मा गएराति मोटरसाइकलले ठक्कर दिँदा  भारतीय नागरिकको मृत्यु भएको छ।

भारत विहार मधुबनी जिल्लाको साहरघाट ग्रामपञ्चायत बस्ने ६७ वर्षीय  प्रेमलाल महतोको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक सन्तोषकुमार पोखरेलले जानकारी दिए।

बलवा –१० को धमौराबाट बनौटा जाँदै गरेको प्र२–०२–००२प ३३७२ नम्बरको मोटरसाइकलले बाटो काट्दै गरेका महतोलाई ठक्कर दिएको थियो। उपचारार्थ  बर्दिबासस्थित ट्रमा सेन्टरमा लगिएको थियो। उपचारका क्रममा मंगलबार बिहान उनको मृत्यु भएको हो।

मोटरसाइकल चालक २२ वर्षीय कृष्ण चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ।

परिक्रमा यात्रीको मृत्यु

मिथिलामा जारी १५ दिने माध्यमिकी परिक्रमा यात्राअन्तर्गत महोत्तरीको ध्रुवकुण्डमा लागेको  मेलामा सोमबार एक तीर्थयात्रीको मृत्यु भएको छ। मटिहानी नगरपालिकाको धिरापुरगाउँ निवासी ७० वर्षीय राजदेव मण्डलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्रहरी नायब उपरीक्षक पोखरेलले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.