|

नेपालगन्ज : नेपालगन्जमा आइतबार अत्याधिक गर्मी महसुस गरिएको छ। आइतबार यस वर्षकै सबैभन्दा गर्मी भएको महशुस भएको मौसम फिल्ड कार्यालय नेपालगन्जले जनाएको छ।

अहिलेसम्म अत्यधिक गर्मी ४२ डिग्री सेल्सीयस मापन भएकोमा आइतबार ४० दशमलव ६० डिग्री सेल्सियस मापन गरिएको मौसम फिल्ड कार्यालय नेपालगन्जकी प्रमुख रिता महतोले जानकारी दिइन्। उनले आइतबार सापेक्षिक आद्रता बढेकोले गर्मी महशुस भएको बताइन्। ‘अधिकतम तापक्रम बढी नभए पनि सापेक्षिक आद्रताका कारण गर्मी महशुस भएको हो,’ उनले भनिन्।

अत्याधिक गर्मीका कारण हिँडडुलमा समस्या भएको छ। गर्मीको प्रभाव व्यापार व्यवसायमा समेत परेको छ। बजारमा चिसो÷पेय पदार्थ र पंखा, एसी, कुलरको बिक्री बढेको छ।गर्मी बढेसँगै विद्युत् पनि अनियमित भएको छ। विद्युत् अनियमित हुँदा सर्वसाधारणले थप कष्ट सहनुपरेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.