|

धनकुटा : करिब १४ वर्षदेखि स्ववियुविहीन रहेका धनकुटाका ५ वटा क्याम्पसमा ५ वटा विद्यार्थी संगठन मिल्दा सर्वसम्मत रुपमा नेतृत्व चयन भएको छ।

जिल्लामा रहेका ७ वटा क्याम्पसमध्ये ५ वटामा सर्वसम्मत स्ववियु गठन भएका छन्। शनिबार भएको उम्मेदवारको मनोनयन सहमतिबाट गरिएका कारण धनकुटाका क्याम्पसहरुमा स्वतन्त्र विद्यार्थी युनियन सर्वसम्मत चयन भएका हुन्।

धनकुटा जिल्लाका गोकुण्डेश्वर क्याम्पस र बुधुक क्याम्पसमा संगठन दर्ता नभएका कारण स्ववियु गठनको प्रक्रिया अघि बढेको छैन।

धनकुटाका संगठन दर्ता भएका ५ वटा क्याम्पसमा सहमतिअनुसार धनकुटा बहुमुखी क्याम्पस, हिले क्याम्पस र जाल्पादेवी क्याम्पस पाख्रिवासमा अनेरास्ववियुको नेतृत्वमा, जितपुर क्याम्पसमा नेपाल विद्याथी संघको नेतृत्वमा र भाषा क्याम्पसमा अखिल क्रान्तिकारीको नेतृत्वमा स्वतन्त्र विद्यार्थी युनियन सर्वसम्मत चयन भएका छन्।

गोकुण्डेश्वर क्याम्पस र बुधुक क्याम्पसमा स्ववियु निर्वाचन भएमा गोकुण्डेश्वरमा नेपाल विद्यार्थी संघको नेतृत्वमा र बुधुक क्याम्पसमा अनेरास्ववियुको नेतृत्वमा सहमति भएको छ।

निर्वाचन अधिकृतको कार्यालयले अन्य प्रक्रियाहरु पूरा गरेर सर्वसम्मत रुपमा स्ववियुको कार्यसमिति घोषणा गर्न भने बाँकी रहेको धनकुटा बहुमुखी क्याम्पसका निर्वाचन अधिकृत मानबहादुर भण्डारीले जानकारी दिए।

धनकुटा बहुमुखी क्याम्पसको अध्यक्षमा अनेरास्ववियुका सन्तोष बुढाथोकी सर्वसम्मत बनेका छन्। स्ववियुको सचिवमा नेविसंघबाट सुवास खनाल र कोषाध्यक्षमा अनेरास्ववियुकै युवा तिम्सिना सर्वसम्मत चयन भएका छन्।

सदस्यमा अनेरास्ववियुबाट प्रविण खनाल, टेकेन्द्र सापकोटा, नविन पौडेल, भूमिराज राई, सुजन सुवेदी, मुना चापागाईं र कविता विश्वकर्मा चयन भएका छन्।

नेविसंघबाट सदस्यहरुमा मेलिना राई, सुवाष भण्डारी र अनिल भट्टराई, अखिल क्रान्तिकारीबाट सदस्यहरुमा विपिनराज थापा, निरुता थापा मगर र किशोरकुमार रायमाझी चयन भएका छन्।

नेकपा एकीकृत समाजवादीनिकट अनेरास्ववियुबाट मनोज तामाङ र नानुका ठकुरी तथा जसपानिकट समाजवादी विद्यार्थी युनियनबाट निशा राई सर्वसम्मत चयन भएको जनाइएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.