|

अछाम : विद्यार्थी चढेको ट्याक्टर मेल्लेख गाउँपालिकाको बुढा खोला भन्ने स्थानमा दुर्घटना हुँदा एकको मृत्यु र चार घाइते भएका छन्। 

मृत्यु हुनेमा १६ वर्षीया मनीषा बुढाको घटनास्थलमै मृत्यु भएको मेल्लेख गाउँपालिका ३ का वडा अध्यक्ष नौले रावलले बताए।  १५ वर्षीया सुस्मिता बुढा, १४ वर्षीया पार्वती बुढा, करिश्मा बुढा र १२ वर्षीया पुष्पा विक घाइते भएका छन्। 

आइतबार मध्य दिउँसो संस्थाले बाँड्ने खुत्रुके लिन पिपलसैन माध्यमिक विद्यालय जाने क्रममा से २ त ३४३१ नम्बरको ट्याक्टर मेल्लेख गाउँपालिकाको दर्वा र बगुडाको बिचमा बुढा खोला भन्ने स्थानमा दुर्घटनामा परेको हो।

घाइतेको अछामको बयलपाटा अस्पतालमा उपचार भइरहेको छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.