|

काभ्रेपलाञ्चोक : जिल्लाका रहेका सबै नगर प्रमुख तथा उपप्रमुखहरुलाई बुधवार शब्दयात्रा प्रकाशनले सम्मान गरेको छ। प्रकाशनले काभ्रेपलाञ्चोक जिल्लाका सम्पूर्ण नगरपालिकाहरुका नवनिर्वाचित नगर प्रमुख तथा उपप्रमुखहरुको स्वागतमा बधाई तथा शुभकामना कार्यक्रम आयोजना गरेको हो। कार्यक्रममा नवनिर्वाचित प्रमुख तथा उपप्रमुखलाई सम्मान गरियो।

सम्मानित हुनेहरुमा बनेपा नगरपालिकाका प्रमुख लक्ष्मीनरसिंह बादे, उपप्रमुख रेखा दाहाल, धुलिखेल नगरप्रमुख अशोक ब्याञ्जु, उपप्रमुखमा विमला शर्मा, पनौती नगर प्रमुख भिम न्यौपाने र उपप्रमुख गीता बञ्जारा, नमोबुद्ध नगरप्रमुख टि.पी शर्मा तिमल्सिना र उपप्रमुख रामदेवी लामा, पाँचखाल नगरप्रमुख महेश खरेल र उपप्रमुख लक्ष्मी दनुवार तथा मण्डन देउपुर प्रमुख टोक बहादुर वाईबा र उपप्रमुख निर्मला शाही रहेका छन्।

सम्मान ग्रहणपछि पाँचखाल नगर प्रमुख महेश खरेलले नगरपालिकामा भौतिक पूर्वाधारको कमी भएको बताए।  ‘नगरपालिकाको भुगोल बाँदर लड्ने भिर छ। कसरी नगरपालिका भन्ने ?’खरेलले भने, ‘यो नगरपालिका नगरपालिका नै होईन।’

उनले सम्मान गर्नेलाई धन्यवाद दिए। तर ५ वर्पभित्र आफुले गर्ने कामको मुल्याङकन गर्न आग्रह गरे। ‘हामीले काम गरेर जत्ति उपलब्धि हासिल गर्नेछौं। त्यस बेलाको मुल्याङ्कन गरेर गरिएको सम्मान मात्रै वास्तविक सम्मान हुनेछ,’ खरेलले भने।

यसैगरी मण्डन देउपुर नगरपालिकाका प्रमुख टोक बहादुर वाईबाले सरकारले विभेदपूर्ण बजेट विनियोजन गरेको आरोप लगाए।  वाईबाले भने ‘मण्डन देउपुर नगरपालिका वैशाख १२ को भूकम्पले जिल्लाको सबैभन्दा धेरै क्षति पुर्‍याएको भूगोल हो। त्यसबाट कसरी काम गर्ने ?’

उनले नगरपालिका र वडा कार्यालयको भवन नै नभएको तथा नगरको गाडी समेत नभएको अवस्था निकै चुनौतीपूर्ण रहेको बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.