|

काठमाडौं : नेपाली सेनाले गोरखा–जितगढी पदयात्रा सुरु गरेको छ।  

ऐतिहासिक महत्त्व बोकेका गढी, किल्ला, युद्धस्थल, पदमार्ग लगायतका धरोहरको संरक्षण‚ संवर्धन तथा नेपालको सैनिक इतिहासको जगेर्ना गर्ने उद्देश्यले पदयात्रा सुरु गरेको नेपाली सेनाले जनाएको छ।

गोरखा नगरपालिका ६ स्थित गोरखा दरबारबाट शुरु भएको पदयात्रामा नेपालको राष्ट्रिय झण्डा, नेपाली सेनामा सबैभन्दा पहिले खडा भएका पाँच स्थायी कम्पनी (श्रीनाथ, कालीबक्स, पुरानो गोरख, वर्दवाणी र सबुज) हरु तथा जितगढी लडाईमा सहभागी गुरुबक्स गुल्मको झण्डासहित गोरखा जिल्लामा तैनाथ रिपुमर्दन गणबाट ऐतिहासिक पोशाक तथा परम्परागत बाजागाजासहितको टोली सहभागी छन्। 

पदयात्रा गोरखा, तनहुँ, स्याङ्जा, पाल्पा हुँदै मिति २०८० वैशाख ०७ गते रूपन्देही, बुटवलस्थित जितगढी पुगेर समापन  हुने पश्चिम पृतनापति उपरथी दिपककुमार बाँनियाले जानकारी दिए। पदयात्राको दूरी करिब २०७ किलोमिटर हुने बताइएको छ। 


 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.