|

काभ्रेः नेपाली वाङ्मयको क्षेत्रमा योगदान गरेवापत साहित्यकार डा. तुलसी भट्टराई, कवि तथा नेपाल प्रज्ञाप्रतिष्ठानका उपकुलपति डा. विष्णुविभु घिमिरे र साहित्यकार तथा साहित्यिक पत्रकार सूर्यप्रसाद लाकोजूलाई एक समारोबीच सम्मान गरिएको छ।

नेपाली लेखक संघ काभ्रेले आयोजना बिहीबार गरेको विशेष कार्यक्रममा नेपाल प्रज्ञाप्रतिष्ठानका पूर्व कुलपति तथा वरिष्ठ साहित्यकार वैरागी काइँलाले उनीहरूलाई सम्मान गरेका हुन्। काइँलाले साहित्य समाजको अभिन्न अंग हो भन्दै देशको चौतर्फी उन्नति गर्न राजनीतिका साथै साहित्यको पनि ठूलो हात रहेको बताए।

कार्यक्रममा सम्मानित प्रतिभाहरू डा. भट्टराई, कवि डा. घिमिरे र साहित्यकार लाकोजूलाई आआफ्ना मन्तव्यमार्फत् समालोचक डा. कुमारप्रसाद कोइराला, संस्कृतिविद् ज्ञानकाजी मानन्धर, चिन्तक मधु आचार्य, विजयराम कर्माचार्यलगायतले बधाई तथा शुभकामना दिएका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.