|

रुकुम : विभिन्न निकायहरुबाट प्रवाह सार्वजनिक सेवालाई प्रभावकारी बनाउन रुकुममा हेड नेटवर्क गठन भएको छ। जिल्लामा क्रियाशील भई स्वास्थ्य, शिक्षा, कृषि र प्रकोप व्यवस्थापन क्षेत्रमा विभिन्न परियोजनामार्फत कार्यक्रम सञ्चालन गरिरहेका गैरसरकारी संस्थाहरु भेला गरेर नेटवर्क गठन गरिएको छ। स्वास्थ्य, शिक्षा, कृषि र प्रकोपको अंग्रेजी शब्दको पहिलो अक्षरबाट हेड नेटवर्क नाम राखिएको हो।

रुकुमेली समाज विकास केन्द्र रुकुमका कार्यकारी निर्देशक भीम केसीले भने, 'नेटवर्कले नयाँ संविधानको परिकल्पना गरेअनुसार देश संघीय संरचनामा गइसकेको र स्थनीय तहमा जनप्रतिनिधिहरु समेत निर्वाचित भएर आइसकेको वर्तमान अवस्थामा गैरसरकारी संस्थाहरुले के-कसरी काम गर्दा कामको प्रभावकारिता देखिन्छ भनेर रचनात्मक काम र बहस गर्नेछ।' छलफलबाट आएका वियवस्तुलाई गैरसरकारी संस्था महासंघमार्फत समाधानतर्फ अगाडि बढ्न यस्तो नेटवर्कको आवश्यकता परेको केसीले बताए।

मानवअधिकार संरक्षण तथा कानुनी सेवा केन्द्र (हरप्लेस) रुकुमअन्तर्गत नागरिक समाजः पारस्परिक जवाफदेहिता परियोजनाले नेटवर्क गठनका लागि समन्वय गरेको हो। जिल्लामा क्रियाशील १५ वटा गैरसरकारी संस्था सदस्य रहेको हेड नेटवर्कको पहिलो बैठक आगामी साउन पहिलो साता रुकुमेली समाज विकास केन्द्रको आयोजनामा बैठक बस्नेछ। हरेक महिना सबै संस्थाहरुले क्रमशः घुम्ती बैठकको आयोजन गर्ने र आयोजक संस्थाले नै उक्त वैठकको अध्यक्षता समेत गर्नेछ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.