|

काठमाडौं : बेलायतको राजधानी लण्डनको एक भवनमा भीषण आगलागी भएको छ। २४ तले भवनमा स्थानीय समयअनुसार बेलुकी सवा ६ बजे सुरु भएको आगलागी अझै नियन्त्रणमा आएको छैन।

पश्चिमी लण्डनमा रहेको ग्रीनफेल टावरमा आगलागी भएको हो। आगलागी भएको भवनमा मानिस भएको प्रत्यक्षदर्शीले बताएको बीबीसीले लेखेको छ।

लन्डन एम्बुलेन्स सेवाले आगलागीमा परेर घाइते भएका ३० जनालाई अस्पताल भर्ना गरेको बताएको छ। उनीहरुको अवस्था कस्तो छ भन्ने जानकारीमा आएको छैन। मेट्रोपोलिटन पुलिसले भवनमा फसेका मानिसहरुको उद्दार कार्य जारी रहेको बताएको छ।

२४ तले भवन पूरै आगोको चपेटामा आएको छ र ढल्ने क्रममा रहेको छ। लण्डन फायर ब्रिगेडका सहायक अधिकृत डन डलेले आगो निभाउन दमकलहरुले अधिकतम प्रयास गरिरहेको तर नियन्त्रणमा लिन कठीन भएको बताएका छन्।

हेर्नुस् भिडियो

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.