|

दमक : चुनाव विरोधी गतिविधिमा संलग्न भएको आरोपमा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका दुई कार्यकर्ता पक्राउ परेका छन्।

जिल्ला प्रहरी कार्यालय झापा र इलाका प्रहरी कार्यालय अनारमनी, बिर्तामोडको सहयोगमा बिप्लवका दुई कार्यकर्तालाई बुधबार साँझ प्रहरीले बिर्तामोडबाट पक्राउ गरेको हो। पक्राउ पर्नेमा पार्टीका मेची ब्युरो इञ्चार्ज सुमन लिम्बु र जिल्ला सेक्रेटरी तारा थापा रहेको इलाका प्रहरी कार्यालय अनारमनी बिर्तामोडका प्रमुख डिएसपी केशव थेवेले बताए।

उनीहरुले निर्वाच विरुद्ध गतिविधि गरेको, सर्वसाधारणमा चन्दा आतंक मचाएको लगायत आरोप रहेको थेपेले जानकारी दिए। उनका अनुसार पक्राउ परेका दुवै जनालाई जिल्ला प्रहरी कार्यालय झापामा राखिएको छ। नेकपाले जिल्लाका विभिन्न ठाउँमा चुनाव विरोधी पर्चा टाँस्ने, सरकारी कार्यलयहरूमा जनसत्ता भन्दै होर्डिङ बोर्डहरु फेर्ने काम गरिरहेको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.