|

काठमाडौं : जाजरकोटको छेडागाड नगरपालिकामा माछा मार्ने क्रममा खोलामा डुबेर  दुईजनाको मृत्यु भएको छ । 

शिवालय गाउँपालिका–९ का ४७ वर्षीय धनबहादुर बुढा र छेडागाड नगरपालिका १ का ४२ नरबहादुर सार्कीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयकी वरिष्ठ हवल्दार पार्वती शाहले जानकारी दिइन्।

नगरपालिकाको १ र ११ को सिमानामा पर्ने छेडा खोलामा बिहीबार अपराह्न ४ः३० बजे माछा मार्ने  क्रममा डुबेर उनीहरूको मृत्यु भएको हो।

घटनाबारे अनुसन्धान भइरहेको शाहले जानकारी दिइन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.