दैलेख : खोलाले बगाउँदा ठाटीकाँध गाउँपालिका–४ माझचौरकी एक किशोरीको मृत्यु भएको छ।
आज बिहान घट्टबाट घर फर्किँदै गर्दा खोलाले बगाएर गाउँपालिका–४ बस्ने लोकबहादुर कठायतकी छोरी १७ वर्षीया उर्मिलाको मृत्यु भएको हो ।
दैलेखका प्रहरी प्रमुख किशोर लम्सालका अनुसार उर्मिलाको मृत्यु भएको जानकारी पछि प्रहरी घटनास्थलतर्फ जाँदैछ।
यसैगरी चट्याङ लागेर दैलेखको गुराँस गाउँपालिका–५ मा दुई जना घाइते भएका छन् । स्थानीय रुद्र बहादुर गिरिको घरमा परेको चट्याङ लागेर उनकी श्रीमती ४४ वर्षीया चन्द्रा गिरि र छोरी १६ वर्षीया माया गिरि घाइते भएका हुन् ।
चट्याङ लागेर घाइते भएका दुवै जनालाई थप उपचारका लागि सुर्खेत पठाइएको गुराँस गाउँपालिका वडा नम्बर ५ का वडा अध्यक्ष भूपेन्द्रबहादुर चन्दले जानकारी दिएका छन्।
तपाईंको ईमेल गोप्य राखिनेछ ।