|

रुकुम  : रुकुमकी एक महिलाले विवाह गरेको दुई महिनामै सम्बन्ध विच्छेद मुद्दा दर्ता गराएकी छिन्। मुसीकोट नगरपालिका वडा नं. १० चौखावाङकी १४ वर्षीया कमला बिक (नाम परिवर्तित) ले जिल्ला अदालत रुकुममा बिना अंश सम्बन्ध विच्छेद मुद्दा दर्ता गराएकी हुन्।

उनले दुईखोली गाउँपालिका वडा नं. २ रोल्पा बस्ने १७ वर्षका झकास विकसंग २०७३ चैत्र १६ गते विवाह गरेकी थिइन्। झकासले कमलालाई विद्यालयबाट घर फर्कदै गर्दा जबरजस्ती विवाह गरेको उनले बताएकी छन्। विवाह भएको १०/१५ दिन सम्म दुवै जनाको सम्बन्धमा राम्रो भएको र त्यसपछि एक अर्काबीच विवाद भएको कमलाले अदालत समक्ष बताएकी छिन्।

श्रीमानले २०७४ वैशाख ७ गते कुटुपिट गरी घरबाट निकाला गरिदिएको कमलाले आफ्नो मुद्दामा उल्लेख गरेकी जिल्ला अदालतका श्रेस्तेदार तेजप्रसाद पौडेलले जानकारी दिए। हाल उनी माइती घर चौखावाङमा बस्दै आएकी छिन्। 

‘श्रीमान् श्रीमतीको सम्बन्ध विच्छेदका लागि श्रीमतीले चाहेको खण्डमा मात्रै सम्बन्ध विच्छेद हुन्छ’ श्रेस्तादार पौडेलले भने, ‘श्रीमानले चाहेमा श्रीमतीको विपक्षीका प्रमाण प्रशस्त जुटाउनुपर्छ।’

जिल्ला अदालतका अनुसार जिल्लामा सम्बन्ध विच्छेदका मुद्दा धेरै हुने गरेका छन्। वालविवाह, वैदेशिक रोजगार, सामाजिक चेतना लगाएतले सम्बन्ध विच्छेदका मुद्दाहरु बढ्दै गएका छन्। १४  देखि ५० वर्ष उम्मेर समूहकाले सम्बन्ध विच्छेद माग्ने गरेका छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.