|

काठमाडौं : वडा अध्यक्षमा उम्मेदवारी दिने तयारी गरेका सोलुखुम्बु नेचा सल्यान गाउँपालिका ६ का टंकबहादुर कार्कीलाई स्थानीयले नियन्त्रणमा लिएको सूचना पाए पनि सुरक्षाकर्मीले उनको उद्दार गर्न सकेको छैन।  

उम्मेदवरी दिन नेचा वेतघारी आउँदै गरेका टंकबहादुर कार्कीलाई स्थानीयले कब्जा लिएर राखेका छन्। स्थानीय तहको गठन र सीमा विवाद समाधान नभएसम्म निर्वाचनमा भाग नलिने र कसैलाई भाग लिन समेत नदिने भन्दै आन्दोलनमा रहेका स्थानीय वासिन्दाले उनलाई नियन्त्रणमा लिएका सोलुुखुम्बुका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक माधव बुढाथोकीले बताए।

नेचा सल्यान गाउँपालिका ६ को वडा अध्यक्ष र सदस्यमा कसैलाई पनि उम्मेदवारी दर्ता गर्न नदिन स्थानीय वासिन्दाले बाटो अवरोध गरेका छन्। कांग्रेस केन्द्रीय सदस्य तथा सोलुखुम्बुबाट निर्वाचित सांसद बलबहादुर केसीले कार्कीलाई वडा अध्यक्षको उम्मेदवारी मनोनयन गर्न नेचा वेतघारी लैजाँदै गर्दा स्थानीयले कार्कीलाई केसीबाट खोसेर लगेका हुन्। 

तिङ्लार साविकको गाउँपालिकालाई सोलुखुम्बुको सदरमुकाम सल्लेरीसँग जोडिएको सोलु दूधकुण्ड नगरपालिकामा जोड्न स्थानीयले दबाब दिएका थिए। स्थानीय तिङ्लार वासीले सल्लेरीसँग जोडिन खोजे पनि साविकको सल्यान, नेचा बतासे र नेता बेचघारीमा मिलाएर नेचा सल्यान गाउँपालिका बनाएपछि चार/पाँच महिनादेखि नैं स्थानीय आन्दोलित थिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.