|

काठमाडौं : पृथ्वी राजमार्गको दमौली–पोखरा सडकखण्डको अवरोध हटेको छ।

म्याग्दे गाउँपालिका– ६ मौरीबजार र तुरतुरे बजारको बिचमा बुधबार साँझ खसेको पहिरोले राजमार्ग अवरुद्ध भएको थियो। पहिरो हटाएर हाल एकतर्फी रूपमा सञ्चालन भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रमुख अवदेश विष्टले बताए। 

करिब १५० मिटर माथिबाट सुख्खा पहिरो खसेर राजमार्ग पूर्ण रूपमा बन्द भएको थियो। चार घण्टा ३५ मिनेट सम्म निरन्तर  पहिरो हटाएपछि  एकतर्फी सडक खुलेको र आज दिउँसो सम्ममा दुवैतर्फ खुलाउने गरी काम भइरहेको उनले जानकारी दिए।

पहिरो हटाउनको लागी जिल्ला प्रहरी कार्यालय तनहुँबाट कार्यालय प्रमुख प्रहरी उपरीक्षक अवदेश विष्ट क्षेत्री समेतको विपद् व्यवस्थापन प्रहरी टोली, इलाका प्रहरी, कार्यालय बेल चौतारा तनहुँबाट प्रहरी निरीक्षक समेतको प्रहरी टोली खटिएको थियो। यस्ते चाइनिज कन्स्ट्रक्सन, स्थानीय पालिकालगायतको सहयोगमा पहिरो हटाइएको हो।

 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.