काठमाडौं : काठमाडौंको सिनामंगलमा शंकास्पद वस्तु राख्ने सन्दिग्ध व्यक्ति परेका छन्। जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता सिताराम रिजालले घटनास्थलबाट एक जना पक्राउ परेको बताए।
बुधबार बिहान सिनामंगल स्थित खोटाङ हलेसी ज्वेलर्स अगाडि शंकास्पद वस्तु फेला परेको थियो। नेपाली सेनाले उक्त वस्तु डिस्पोज गरेको छ।
प्रवक्ता रिजालले भने, ‘एक जनालाई नियन्त्रणमा लिएका छौं। थप अनुसन्धान जारी छ।‘
तपाईंको ईमेल गोप्य राखिनेछ ।