|

रूपन्देही : दानव खोलाको बाढीले बगाएर एक महिला बेपत्ता भएकी छन्। दाउराको जोहो गर्न खोला किनार गएकी ३५ वर्षीय मालती यादव बेपत्ता भएकी प्रहरीले जनाएको छ।

रूपन्देहीको सम्मरीमाई गाउँपलिका–७ हर्दी घर भएकी यादवले बाढीले बगाएर ल्याउँदै गरेको दाउरा बढार्दै गर्दा खुट्टा चिप्लेर खोलामा बेपत्ता हुनुभएको पारिवारिक स्रोतको भनाइ छ। 

खोलाको बाढीमा हराइरहेकी यादवको खोजी कार्य भइरहेको इलाका प्रहरी कार्यालय मर्चवारका प्रहरी निरीक्षक दिपेश खरेलले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.