|

दोलखा : माथिल्लो तामाकोशी जलविद्युत आयोजना सम्पन्न हुने मिति नजिकिदै गए पनि आयोजना प्रभावित स्थानीय वासिन्दा र सर्वसाधारणलाई शेयर जारी गर्न थप ढिलाई भएको छ। नयाँ स्थानीय तह अनुसार जिल्ला समन्वय समितिको गठनमा ढिलाई हुँदा माथिल्लो तामाकोशी जलविद्युत कम्पनीले दोलखाबासीलाई शेयर जारी गर्न सकेको छैन।

दोलखाबासीले जारी पूँजीको १० प्रतिशत शेयर पाउने गरी कम्पनीको शेयर संरचना बनेको बर्षौं भइसकेको छ। जिल्ला समन्वय समितिले शेयर वितरण प्रक्रिया पारित गरेपछि मात्रै कम्पनीले दोलखालीले पाउने १० प्रतिशत शेयर वितरण गर्ने व्यवस्था छ। स्थानीय वासिन्दाले पाउने शेयर वितरणमा ढिलाई भएसँगै अन्य सर्वसाधारणले पाउने १५ प्रतिशत वितरण समेत थप पछि धकेलिएको छ। 

हाल आयोजनको निर्माण करिब ८९ प्रतिशत सम्पन्न भइसकेको छ। विनाशकारी भूकम्पका कारढले रोकिएो माथिल्लो तामाकोशीको निर्माण सम्पन्न हुनै लाग्दा समेत शेयर वितरण हुन नसक्दा २ वर्षदेखि लगानीका लागि रकम जोहो गरेर बसेका स्थानीय वासिन्दा अन्योलमा परेका छन्। नयाँ जिल्ला समन्वय समितिले निर्णय लिनुपर्ने व्यवस्था भए पनि सो समिमितको निर्वाचन हुन नसक्दा शेयर वितरणमा ढिलाइ भएको आयोजनाका प्रवक्ता डा. गणेश न्यौैपानेले बताए। शेयर वितरणमा ढिलाइ हुँदा कम्पनीको पूँजी परिचालन र आयोजनाको खर्च व्यवस्थापन नै प्रभावित भएको उनले जानकारी दिए। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.