|

काठमाडौं : मामिला तथा सामान्य प्रशासन मन्त्रालयले विभिन्न मन्त्रालयमा काजमा रहेका २४ उपसचिव र ११ जना शाखा अधिकृतलाई स्थानीय तहमा सरुवा गरेको छ। 

लामो समयदेखि मन्त्रालयमा काजमा रहेका कर्मचारीलाई मधेश प्रदेशका विभिन्न स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृतका रूपमा सरुवा गरिएको हो ।

यसअघि ती स्थानीय तहहरू निमित्त कार्यकारी प्रमुखको भरमा थिए । पछिल्लो पटक भएको सरुवासँगै मधेश प्रदेशका सबैजसो स्थानीय तहमा प्रमुख कार्यकारी अधिकृतको पदस्थापन भएको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदीको भनाइ छ। 

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका उपसचिव बेदराज फुयाँलको नगराइन नगरपालिका धनुषा, भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयमा कार्यरत उपसचिव काजीबहादुर विष्टको विदेह नगरपालिका, युवा तथा खेलकुद मन्त्रालयका उपसचिव लवराज जोशीको शहिदनगर नगरपालिका धनुषामा सरुवा गरिएको छ। 

भूमि व्यवस्था मन्त्रालयका देवीबहादुर भण्डारीलाई मिथिला बिहारी नगरपालिका धनुषा, अनन्त कुमार बस्नेतलाई बरहथवा नगरपालिका सर्लाही तथा योगेन्द्र दुलाललाई कटहरिया नगरपालिका रौतहटमा सरुवा गरिएको छ। 

राष्ट्रिय योजना आयोगका डा. नारायण पौडेललाई गोलबजार नगरपालिका सिरहा, प्रधानमन्त्री कार्यालयका ज्ञानहरि घिमिरेलाई धनुषा नगरपालिका धनुषा, लोक सेवा आयोगका एकनारायण शर्मालाई गढीमाई नगरपालिका रौतहट र केशव शर्मालाई रामगोपाल नगरपालिका महोत्तरीमा सरुवा गरिएको छ। यस्तै उमेशकुमार पोखरेललाई मनरासिसवा नगरपालिका महोत्तरी, देवीप्रसाद सुवेदीलाई बोदेबरसाइन नगरपालिका सप्तरी र हिमलाल भण्डारीलाई पचरौता नगरपालिका बारामा सरुवा गरिएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.