|

जुम्ला : सदरमुकाम खलंगास्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडमा चामल अभाव भएको छ।

डिपो कार्यालयमा चामलको आयात कम भएसँगै अभाव भएको हो। चामल कम भएसँगै सर्वसधारणका लागि केही समयसम्म वितरण स्थगित गरिएको कार्यालय प्रमुख निर्मल विष्टले जानकारी दिए। 

आर्थिक वर्ष २०७९/८० मा डिपो कार्यालयका लागि प्राप्त आठ हजार१४७ क्विन्टल चामलको कोटा रहेको थियो। अहिले डिपोमा ९५९ क्विन्टल मात्रै मौज्दात रहेको छ। मौज्दात रहेको चामलमध्ये अति आवश्यकका लागि बाहेक अरूलाई वितरण गर्न नसक्ने कार्यालय प्रमुख विष्टले बताए।

कारागारका लागि २८० क्विन्टल र जन्म र मृत्युका लागि १८० क्विन्टल चामल छुट्याइएको छ। थप आवश्यक दुई हजार क्विन्टल चामल माग गरिएको छ। मौज्दात भएको चामल कारागार, विपत् र जन्म, मृत्युका लागि मात्रै वितरण गरिने कार्यालय प्रमुख विष्टले जानकारी दिए। 

खाद्यान्न मौज्दात परिणाम न्यून भई साउन मसान्तमा ढुवानी हुनेगरी न्यूनतम दुई हजार क्विन्टल खाद्यान्न आपूर्ति गर्नका लागि प्रादेशिक कार्यालयमार्फत केन्द्रीय कार्यालयलाई परिपत्र गरिएको छ। सरकारले जन्म र मृत्युमा प्रतिव्यक्ति २० केजी चामल दिने व्यवस्था गरेअनुसार जन्ममा ७८५ र मृत्युमा ५९ जनालाई चामल वितरण गरिएको छ।

जुम्ला मुख्य कार्यालयबाट डोल्पाको काइगाउँ डिपोका लागि एक सय ७७ क्विन्टल र डोल्पाको सर्मीका लागि सात सय ५० क्विन्टल चामल पठाएको उक्त कार्यालयले जनाएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.