|

धनकुटा : नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले अहिलेको सुन प्रकरणको छानबिन सिआइबीबाट हुनुपर्ने बताएका छन्। 

धनकुटामा नेपाली कांग्रेस जिल्ला नीति अनुसन्धान तथा प्रशिक्षण विभागले शनिबार आयोजना गरेको प्रशिक्षण कार्यक्रममा बोल्दै महामन्त्री शर्माले शरणार्थी र ललिता निवास प्रकरणको जस्तै सिआइबीले नै सुन प्रकरणको अनुसन्धान गर्नुपर्ने बताएका हुन्।

उनले सरकारमा रहँदा दायाँबायाँ भयो भने संसद ठीक पार्ने वा भंग गर्ने र सरकारमा नहुँदा सदन चल्न नदिने प्रवृत्ति एमालेको गलत भएको बताए। उनले उच्चस्तरीय छानबिन आयोग गठन दक्ष निकायबाट अनुसन्धान नहुने भएकोले अनुसन्धानमा जानकार सिआइबीले नै अनुसन्धान गर्नुपर्ने बताए। 

महामन्त्री शर्माले जनताको आवाज बोल्ने ठाउँ अवरुद्ध गर्नु गलत भएको बताउँदै कांग्रेस वा कम्युनिष्ट जो परे पनि भ्रष्टाचारको फाइल खोल्नुपर्छ भनेर आफूहरू लागि रहेको बताए। 

उनले भ्रष्टचारमा मुछिएका मान्छेलाई सजायको व्यवस्था हुनुपर्ने बताउँदै कानुनभन्दा माथि कोही नभएको भन्दै सरकारले निरन्तर सदाचार र सुशासनको काम गर्नुपर्ने बताए।

 उनले देशमा सुशासन युक्त बनाउन कांग्रेस बलियो हुन आवश्यक रहेको बताउँदै कुनै बेला हत्या हिंसाबाट सत्ता कब्जा गर्न हिँडेका दल कांग्रेसकै बाटोमा आएकाले कांग्रेस थप जिम्मेवार रहेको बताए। 

महामन्त्री शर्माले कांग्रेस देशको जेठो पार्टी भएकाले देश बनाउन अन्य दलभन्दा जिम्मेवार रहेको दावी गरे।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.