|

उदयपुर : खोटङ र उदयपुरका मुख्य मतदान तथा सहायक मतदान अधिकृत मतदान केन्द्रतर्फ  लागेका छन्।  सदरमुकामबाट टाढा रहेका गाउँपालिका र नगरपालिकाका मतदान केन्द्रका अधिकृत तथा सहायक मतदान अधिकृत आ–आफ्नो क्षेत्रतर्फ लागेका हुन्। 

दुबै जिल्लाको निर्वाचन आयोगको कार्यलयले जाकनारी दिए अनुसार हिजो बिहीबारदेखि मतदान अधिकृतलाई मतदान केन्द्रमा आवश्यक सामग्री जिम्मा लगाएर पठाउन थालिएको छ। वर्षाका कारण ग्रामिण सडक अवरुद्ध हुनसक्ने भएकाले समयमै उनीहरुलाई आवश्यक सामाग्री दिएर मतदान केन्द्रतर्फ खटाइएको हो। 

खोटाङ जिल्ला निर्वाचन कार्यालयका प्रमुख दिनेश खत्रीका अनुसार १० स्थानीय तहमध्ये ७ स्थानीय तहका मतदान अधिकृत तथा सहायक मतदान अधिकृत सम्बन्धित केन्द्रतर्फ लागेका छन्। बराहपोखरी, ऐसेलुखर्क, जन्तेढुङ्गा र खोटेहाङ गाँउपालिका सदरमुकाभन्दा धेरै टढा भएकाले यी गाउँपालकिामा खटिने मतदान अधिकृतलाई बिहीबारै पठाएको खत्रीले बताए। 

खत्रीका अनुसार हलेसीतुवाचुङ नगरपालिका, केपीलास गाँउपलिका साकेला गाँउपालिका मतदान अधिकृत र सहायक अधिकृत शुक्रबार प्रस्थान गरेका छन्।  रुपाकोट मझुवागढी नगरपालिका, लामिडाँडा गाउँपालिका, दिप्रुरुङ गाउँपालिकामा शनिबारभित्र मतदान अधिकृत पुग्नेछन्।

उनले जिल्लाका विभिन्न निर्वाचन केन्द्रमा मतदान अधिकृत र सहायक मतदान अधिकृत गरी ३ सय ४६ जना परिचालित हुने जानकारी दिए। ‘मतदान केन्द्र स्थापना, मतदान परिचयपत्र वितरण, मतदान प्रक्रिया, मतदानपछि मतपेटिकालाई सुरक्षितसाथ मूख्या निर्वाचन अधिकृत वा निर्वाचन अधिकृतको कार्यालय ल्याउने विषयमा जानकारी दिन प्रशिक्षण दिएर पठाइएको छ,’ थाहाखबरको कुराकानी खत्रीले भने, ‘पहिलो चरणमा १९२ जना र दोश्रो चरणमा १५४ जना मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई तालिम दिएका छौ।’ 

खोटाङका जम्मा १० स्थानीय तहमा १ सय ७३ मतदात केन्द्र रहेका छन । १ लाख १५ हजार ६ सय जना मतदाता छन्।१० स्थानीय तहको ७९ वडामा ४ सय १५ जना जनप्रतिनिधि चुनिने निर्वाचन कार्यालयले जानकारी दिएको छ। 

उदयपुर जिल्ला निर्वाचन कार्यालयका प्रमुख एकबहादुर बस्नेतका अनुसार ८ स्थानीय तहमध्ये ३ स्थानीय तहका मतदान अधिकृत तथा सहायक मतदान अधिकृत बिहीबारै बाटो लागेका छन्। सुनकोसी गाँउपालिका, ताप्ली गाँउपालिका र रौतामाई गाँउपालिकाकामा खटिएका मतदान अधिकृत र सहायक मतदान अधिकृत सदमुकामबाट मतदान केन्द्रतर्फ हिंडेका हुन्। 

कटारी नगरपालिका, चौदण्डी, बेलका नगरपालिका, उदयपुरगढी गाँउपालिकामा रहेका मतदन अधिकृहरु शुक्रबार निर्वाचन सम्बन्धी अवाश्यक समाग्री बुझेर बाटो लागेका छन्। बस्नेतका अनुसार उनीहरुलाई शनिबार त्रियुगा नगरपालिकामा खटाइने तयारी गरिएको छ।   

मतदान अधिकृत र सहायक मतदान अधिकृत गरी उदयपुरमा ४४४ जना रहेका छन्। ‘मतदान केन्द्र स्थापना, मतदान परिचयपत्र वितरण, मतदान प्रकृया, मतदानपछि मतपेटिकालाई सुरक्षित साथ मूख्य निर्वाचन अधिकृत वा निर्वाचन अधिकृतको कार्यालय ल्याउने विषयमा प्रशिक्षण दिएर पठाइएको छ,’ थाहाखबरको कुराकानी बस्नेतले भने।

८ स्थानीय तहमा १ सय ९८ वटा मतदान केन्द्र (स्थाल) रहेका छन्। १ लाख ७५ हजार मतदाता छन्। यस जिल्लामा ३ सय ८१ जना जनप्रतिनिधि निर्वाचित गराउने छन्। उदयपुरको सुनकोसी र तप्ली गाँउपालिकामा टेलिफोन सम्पर्कमा समस्या छ भने अन्य सुगम क्षेत्रमै पर्दछन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.