|

हुम्ला : आगामी असार १४ गते हुने दोस्रो चरणको स्थानीय तहको निर्वाचनको सुरक्षाका लागि हुम्लाबाट २६  सुरक्षाकर्मीलाई बर्दिया जिल्लामा पठाएइको छ । 
निर्वाचनलाई निष्पक्ष र भयरहित वातावरणमा चुनाव सम्पन्न गराउने भन्दै हुम्लामा कार्यरत  सुरक्षाकर्मीलाई केन्द्रको निर्देशनमा बर्दिया जिल्लामा पठाइएको जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी नायव उपरिक्षक कमलप्रसाद नेपालले बताए।

गएको वैशाख ३१ गते भएको पहिलो चरणको स्थानीय तहको निर्वाचन अन्र्तरगत हुम्लाको निर्वाचन सम्पन्न भइसकेको र सामान्य समयमा दुर्गम हिमाली जिल्लामा सुरक्षा चुनौती कम भएकाले  हुम्लाबाट प्रहरी नायव निरिक्षक (सही) को नेतृत्वमा सुरक्षाकर्मी पठाइएको उनले बताए। 

बर्दिया जिल्लामा मतदान केन्द्रको सुरक्षा कमाण्ड गर्नेगरी  जिल्ला प्रहरी कार्यालय हुम्लाको मुद्धाफाँटका सही लक्ष्मी आचार्यको नेतृत्वमा २ सेक्सन पठाइएको प्रहरी प्रमूख नेपालल बताए। प्रति सेक्सन १० देखि १३ जना प्रहरीको हुने गरेको उनले बताए। उनले जिल्लाभरी भएका १० वटा प्रहरी चौकीका जुनियर अफिसरहरुलाई पठाइएको जानकारी दिए।

३ सय ८ जना प्रहरीको दरबन्दी भएको हुम्ला जिल्लामा तालिम र विभिन्न स्थानको काज गरेर २ सय ३५ जना प्रहरी मात्रै छन्। त्यसमध्ये २६ प्रहरीलाई बर्दिया खटाएपछि जिल्लामा भएका सुरक्षाकर्मीलाई केही सुरक्षा भार थपिएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.