|

काठमाडौं : शनिबार दिउँसो पक्राउ परेका पत्रकार दिपेश शाही रिहा भएका छन्। पक्राउ गरेको एकघण्टापछि आफूलाई पक्राउ गरेकै ठाउँमा पुर्‍याएर छोडेको शाहीले थाहाखबरलाई बताए।

एक अपहरण घटनाको अनुसन्धानका लागि भन्दै प्रहरीले शनिबार काठमाडौंका विभिन्न ठाउँबाट पाँचजनालाई पक्राउ गरेको थियो। आफ्ना साथीहरुसँग चिया खाइरहेका बेला बागबजारबाट शाहीलाई प्रहरीले पक्रेको थियो।

महानगरीय प्रहरी अपराध अनुसन्धान महाशाखाका डीएसपी अजय केसीले घटनामा शाहीको संलग्नता नदेखिएकोले रिहा गरिएको बताए।

पढ्नुस् : अपहरण अनुसन्धानमा काठमाडौंबाट ५ जना पक्राउ, बागबजारबाट पत्रकार पनि समातिए

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.