|

लहान : सिरहाको धनगढीमाई नगरपालिका ९ चैनपुरस्थित सार्वजनिक इनारमा पानी भर्ने क्रममा करेण्ट लागेर घाइते भएकी महिलाको मृत्यु भएको छ।

इलाका प्रहरी कार्यालय धनगढीका अनुसार स्थानीय ५५ वर्षीया सहना खातुनको आइतबार पानी तान्ने क्रममा करेण्ट लागेर घाइते भएपछि उपचारका लागि लहान ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको हो। घर नजिक रहेको सार्वजनिक इनारमा जडान गरिएको विद्युतीय मोटर चलाएर पानी तान्ने क्रममा बिजुलीको तार सर्ट भइ अचानक करेण्ट लागेर खातुन घाइते भएकी थिइन्।

करेण्ट लागेर गम्भीर घाइते भएकी उनलाई तत्काल लहानतर्फ ल्याउने क्रममा बाटोमै मृत्यु भएको इलाका प्रहरी कार्यालय धनगढीका प्रमुख प्रहरी नायव निरीक्षक उत्तम कार्कीले जानकारी दिए। मृतक खातुनको शव पोष्टमार्टमका लागि लहानस्थित रामकुमार उमाप्रसाद स्मारक अस्पतालमा राखिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.