|

पर्वत : जिल्लाको मोदी गाउँपालिका–२ देउपुरको कोरुङ्गामा भएको जिप दुर्घटनामा परी सातजना घाइते भएका छन्।

जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्वतका अनुसार बिहीबार मोदी गाउँपालिकाकै पातीचौरबाट देउपुरका लागि छुटेको जिप दिउँसो करिब साढे चार बजे दुर्घटनामा परेको थियो। देउराली लाङदीमा ग १ ज ६०४५ नम्बरको जिप उकालो चढ्दै गरेको अवस्थामा दुर्घटनामा परेको हो।

दुर्घटनामा पर्नेमा मोदी–३ लाङ्दीका ६४ वर्षीय गौतम गुरुङ, देउरालीका ३९ वर्षीय हिमाल गुरुङ, २५ वर्षीया सुमित्रा किसान, ३० वर्षीया अमृता परियार लगायत छन्। दुर्घटनाका घाइतेहरूलाई तत्कालै जिल्ला अस्पताल पर्वत लगिएको छ। उनीहरू सबैको अवस्थामा सामान्य रहेको पनि पर्वत ट्राफिकले बताएको छ।

एक्स रे वा अन्य स्वास्थ्य परीक्षण गर्नुपर्ने खालका घाइतेलाई पर्वत अस्पतालमा ल्याइए पनि केहीलाई भने स्थानीय स्वास्थ्य संस्थामा सामान्य उपचार गरेर घर फर्काइएको छ।

उकालोमा कालोपत्रे सडकमा पहिरोमा फोर ह्वील गियर प्रयोग गर्न परिवर्तन गर्नका लागि प्रयास गर्दा गियर परिवर्तन नभएपछि जिप पछाडि सर्दै पल्टिएको चालक रेशमबहादुर गुरुङले बताएका छन्। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.