|

काठमाडौं : नेपालमै उत्पादित चेनरहित बेल्लो ब्याग बजारमा आएको छ। चेनको बेहोर्नु पर्ने झञ्झटिलो समस्यालाई ध्यान दिँदै काठमाडौंका निरोज महर्जनले आफ्नै डिजाइनमा बेल्लो ब्राण्डका ब्याग बजारमा ल्याएका हुन्।

यस कम्पनीका ब्यागमा एक वर्षसम्म वारेन्टी पनि रहनेछ। बेल्लो ब्यागका डिजाइनमा भेन्चर प्याक, ल्यापटप स्लिभ, स्लिङ र क्लासिक ब्याकप्याक समेत छन्। यी ब्याग विभिन्न रङमा उपलब्ध छन्। बेल्लोका चेनबिनाका ब्यागमा क्लि-बटन छन् जसबाट खोल्न र बन्द गर्न सकिन्छ। यी ब्यागको मूल्य एक हजार २५० रूपैयाँदेखि ६ हजार रूपैयाँसम्म पर्छ। 

बेल्लो ब्राण्डका ब्यागको मूल्य ग्राहकलाई केही महँगो पनि लागे पनि यसको गुणस्तरमा शंका गर्ने ठाउँ आफूले नदिएको व्यवसायी महर्जनको दाबी छ। बेल्लो कम्पनीका ब्यागमा चेन भएको पनि पाइन्छ। यसअघि आफ्ना उत्पादन अनलाइनबाटै डेलिभरी गर्दै आएका महर्जनले शनिबारदेखि जावलाखेलबाट पहिलो सोरूम खोलेर यसको विस्तार बढाएका छन्। 

जहाँ आफूलाई मन लागेका विभिन्न प्रकारका छानेर किन्न सकिने छ भने अनलाइन अर्डर गरेर पनि लिन सकिने छ।  दुई वर्षभित्र लगानी उठाउने लक्ष्य लिएका महर्जनले विस्तारै देशका विभिन्न ठाउँमा सोरूम खोल्दै लग्ने योजना बनाएका छन्। 

व्यवसायी महर्जनले बेल्लो ब्रान्डमा टिसर्ट, पाइन्ट, आउटर, सर्ट लगायत लुगा पनि बजारमा ल्याएका छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.