|

काठमाडौं : कर्णाली कोरिडोर अन्तर्गत सिस्नेगाडमा मंगलबार बिहान जिप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ।

बाजुराबाट कालिकोट आउने क्रममा ग १ ज ५७९५ नम्बरको जीप सान्नित्रिवेणी गाउँपालिकाको सिस्नेगाडमा बिहान ३ बजे दुर्घटना हुँदा चालक सक्कल शाहीको घटनास्थलमै मृत्यु भएको हो।

प्रहरीका अनुसार जीप सडकबाट करिब ५० मिटर तल कर्णाली नदीको किनारमा खसेको थियो। जीपमा चालक मात्र रहेको प्रहरीले जनाएको छ। 

प्रहरी टोली घटनास्थल जाँदै गरेकोजिल्ला प्रहरी कार्यालय कालिकोटले जानकारी दिएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.