|

बझाङ : बझाङमा जिप दुर्घटना हुँदा ६ जना घाइते भएका छन्। भाँडे बजारबाट बुड्खोरी जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०१००१ ज १२६६ नम्बरको जिप आज छबिसपाथिभेरा-७ खोरीमा दुर्घटना हुँदा ६ जना घाइते भएका हुन्।

गाडीमा चालक विनोद धामीसहित ९ जना सवार उक्त जिप ब्रेक फेल भएर खोरी र नौराको बीच सडकमा दुर्घटना भएको बिसौना प्रहरीले जनाएको छ। दुर्घटनामा परी घाइते हुने सबै एकै गाउँ छबिसपाथिभेरा गाउँपालिका-७ बुड्खोरीका इनार महत, रामबहादुर धामी, अशोक धामी, सन्तोष धामी, प्रकाश धामी र मिलन धामी रहेका छन्।

२५ वर्षीय इनार महतको टाउको कम्मरमा चोट लागेको र उनको अवस्था चिन्ताजनक रहेको बताइएको छ। त्यसैगरी वर्ष २२ का प्रकाशको हात कम्मरमा चोट लागेको छ भने अवस्था चिन्ताजनक रहेको छ। ३१ वर्षीय रामबहादुर धामीको खुट्टामा चोट लागेको छ। १४ वर्षीय अशोक धामीको मुख र कम्मरमा चोट लागेको छ।

१६ वर्षीय सन्तोष धामीको खुट्टामा चोट लागेको छ भने १६ वर्षीय निरन धामीको खुट्टामा चोट लागेको घटनास्थलबाट स्थानीय सुनिल मण्डेलले जानकारी दिएका छन्। घाइतेहरूलाई उपचारका लागि गाउँपालिकाको एम्बुलेन्समार्फत जिल्ला अस्पताल ल्याइएको छ। गाडी चालक र अन्य दुईजना भने कुशल छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.