|

बागलुङ​ : धौलागिरि अस्पतालमा चार केजी ७५० ग्रामको शिशु बच्चाको जन्म भएको छ। बागलुङ जैमिनी नगरपालिका वडानं र ३ की ३२ वर्षीया मालती छन्त्याल तामाङले अहिलेसम्मको बढी तौल भएको बच्चालाई जन्म दिएकी हुन्।

अस्पतालको प्रसूति वार्डमा बिहीबार समान्यरूपम उनले छोरा जन्माएको अस्पतालका नर्सिङ इञ्चार्ज देवी भट्टराईले बताइन्। यो छन्त्यालको चौथो सन्तान हो।

पेटमा रहेको बच्चा ठूलो देखिएकाले  अस्पतालबाट पोखरा जान सल्लाह दिइएको थियो तर विगतका सन्तान पनि सामान्यरूपमै जन्मिएकाले आफूलाई यसपटक पनि सामान्यरूपमै बच्चा जन्मिन्छ भन्ने लागेर यहीँ भर्ना भएको मालतीले बताइन्।

सम्बन्धित चिकित्सक नभए पनि पनि अस्पतालमा भएको जनशक्तिको सहयोगमा राम्रौसँग बच्चा जन्मिएको मालतीका पति नेत्रबहादुर छन्त्यालले जानकारी दिए।अहिले ती बच्चा र आमा दुवैको स्वास्थ्य सामान्य रहेको अस्पतालले जनाएको छ।

यसअघि अस्पतालमा बढीमा चार किलो ५०० ग्रामसम्मको बच्चाको जन्म भएको थियो। यसअघि ठूलो तौलको  बच्चा जन्माउन नसक्दा शल्यक्रिया गर्नुपरेको थियो।

अस्पतालमा प्रसूतिका लागि एक दिनमा झण्डै एक दर्जन महिला आउने गर्छन् ।  

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.