|

बझाङ : बझाङमा एकजना सेती नदीमा बगेर बेपत्ता भएका छन्। बेपत्ता हुनेमा मष्टा गाउँपालिका -४ आग्राका ४७ वर्षीय सुरेन्द्र कठायत रहेका छन्।

उनी आज दिउँसो करिब २ बजेतिर सेती नदीमा गाईको बाछो तराउने क्रममा बगेर बेपत्ता भएको स्थानीय सुशील कठायतलाई उद्धृत गर्दै जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ।

उनको खोजीका लागि स्थानीय र प्रहरी खटाइएको बझाङका प्रहरी प्रमुख तथा डिएसी भरत शाहले बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.