|

काठमाडौं : गएरातिको भूकम्पको केन्द्रविन्दु जाजरकोटको बारेकोटमा अहिलेसम्म मानवीय क्षतिबारे जानकारी छैन।

भूकम्पका कारण भौतिक संरचनामा ठूलो क्षति पुगे पनि मानवीय क्षति भने नभएको  गाउँपालिकाका अध्यक्ष वीरबहादुर गिरीले थाहासञ्चार नेटवर्कलाई जानकारी दिए। ‘भूकम्पले पारेको क्षतिबारे विवरण संकलन भइरहेको छ’, उनले भने, ‘सञ्चारसम्पर्क विच्छेद हुँदा समस्या भएको छ।’

भूकम्पले पारेको असरबारे अवलोकन गर्न निस्केको भन्दै सग्ला घर देख्न मुस्किल भएको बताए।  १, २, ३ र ९ नम्बर वडामा भूकम्पले बढी क्षति पुगेको गिरीले जानकारी दिए।

उनले प्रहरी र स्वास्थ्यकर्मीलाई रातिदेखि नै खोज, उद्धार, राहत र उपचारमा खटाएको दाबी गरे। सर्वसाधारणलाई सुरक्षित बस्न भनेको पनि उनले जानकारी दिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.