|

काठमाडौं : शुक्रबार राति जाजरकोट जिल्लाको रामिडाँडा केन्द्रबिन्दु भएर भूकम्प गएपछि अहिलेसम्म १०९ धक्का मापन भएको छ। शुक्रबार राति ६.४ म्याग्निच्युडको भूकम्प गएको थियो। 

राष्ट्रिय भूकम्प मापन केन्द्रका वरिष्ठ भूकम्पविद् डा.लोकविजय अधिकारीले शनिबार बिहानसम्म त्यस क्षेत्रमा १०९ वटा धक्का गएको जानकारी दिए।

राति ११ बजेर ४७ मिनेटमा जाजरकोट केन्द्रबिन्दु भएर भूकम्प गएको थियो। 

त्यसमा राति ११ः४७, १२ः०८, १२ः२९, १२ः३५ गरी चार पटक क्रमशः ६.४, ४.८, ४.२, र ४.३  म्याग्निच्युडका भूकम्प गएका थिए। 

अन्य भूकम्पका धक्का भने चार म्याग्निच्युडभन्दा सानो मापन भएको जानकारी पनि डा.अधिकारीले दिए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.