|

जाजरकोट : भूकम्पको केन्द्रविन्दु रहेको बारेकोटमा रहेको स्वास्थ्य संस्थामा पनि क्षति पुगेपछि यहाँको स्वास्थ्य  सेवा खुल्ला आकाशमुनि बसेरै दिन थालिएको छ। दस शैय्याको अस्पतालमा विकास भएको लिम्सास्थित स्वास्थ्य संस्थामा भूकम्पले भवन छियाछिया बनाएकाले खुल्ला आकाशमुनि  बसेरै सेवा दिनुपरेको हो।

गाउँपालिकाको आधाभूत स्वास्थ्य तथा सरसफाइ सेवासमेत खुल्ला आकाशमुनि बसेरै दिनु परेको सिनियार अनमी कल्पना रोकायले बताए।

भवनको कुनै ठाउँ पनि सक्लो नहुँदा काम गर्न मुस्किल भएपछि एम्बुलेन्स राख्न बनाइएको ठाउँमा आवश्यक उपकरण राखेर उपचार गर्नुपरेको उनको भनाइ थियो। अहिले पनि पराकम्पन गइरहेकोले सेवा प्रवाहमा समस्या भएको सिनियर अनमी रोकायले जानकारी दिइन्।

 गाउँपालिकाको केन्द्रबाट झण्डै चार किलोमिटर टाढाको दूरीमा रामीडाडा पर्दछ। अहिले भूकम्पबाट घाइते भएका सर्बसाधारण तथा अन्यलाई समेत सेवा दिन समस्या भएको उनले जानकारी दिइन्।

दस शैय्याको नयाँ भवन निर्माण नभएको र पुरानै भवनबाट सेवा उपलब्ध गराउँदै आइएकामा अहिले भूकम्पले भवनमा क्षति पुर्‍याएकाले  हैरानी खेप्नु परेको हो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.