|

धनगढी : बैतडीमा माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीका नेताहरु एमालेमै फर्किएका छन्।

समाजवादीका केन्द्रीय सदस्य तथा दार्चुला जिल्ला इन्चार्जसमेत रहेका नरेन्द्र विष्टसहितका नेताहरु एमालेमा फर्किएका हुन्। उनी पहिला एमालेकै नेता थिए विभाजनका बेला भने समाजवादीतिर गएका थिए।

‘झुलाघाट-चिवा भञ्ज्याङ समृद्धिका लागि संकल्प यात्रा’अन्तर्गत बैतडीको गोठलापानीमा भएको जनसभामा एमाले अध्यक्ष केपी शर्मा ओलीले विष्टसहित समाजवादी बैतडीका अध्यक्ष महादेव भट्ट, नेपाली कांग्रेसका महासमिति सदस्य सरस्वती कोली (पाटन नगरपालिकाका पूर्व उप-मेयर), रमेश कोलीलगायत नेताहरुलाई पार्टीमा स्वागत गरे।

आज (बिहीवार) बैतडीबाट एमालेले ‘झुलाघाट-चिवा भञ्ज्याङ समृद्धिका लागि संकल्प यात्रा’को शुरुवात गरेको छ।

एमालेले झुलाघाटमा राष्ट्रिय झण्डा झण्डोत्तोलन गरेपछि गोठलापानीमा जनसभा गरेको थियो। भोलि डडेल्धुरामा जनसभा छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.