|

लहान : सिरहाको लक्ष्मीपुर पतारी गाउँपालिका–६ मा झाडापखालाले थप एक जनाको मृत्यु भएको छ। झाडापखालाका कारण ६५ वर्षीया गुद्रीदेवी यादवको मृत्यु भएको हो।

गाउँमा झाडापखालाबाट बिरामी परेकाहरुको संख्या यकिन हुन नसके पनि को उपचार भने भइरहेको स्वास्थ्य चौकी सीतापुरका प्रमुख चन्द्रप्रकाश पण्डितले जानकारी दिए। 

एक साताअघि पहिले सीतापुर देवाडी टोलका ८४ वर्षीय मागैन यादवको झाडापखालाकै कारण मृत्यु भएको थियो। आइतबार राति पुनः झाडापखालाको असर धेरै जनामा देखिएपछिस्थानीय युवाको टोली उपचार र औषधिको व्यवस्थापनमा खटिएको निवर्तमान गाविसअध्यक्ष देवनारायण साहले बताए।

झाडापखालाले महामारीको रुप लिन सक्ने सम्भावनालाई मध्यनजर गर्दै सोमबार बिहानदेखि नै स्वास्थ्य चौकी सीतापुरका प्रमुख चन्द्र प्रकाश पण्डितसहित स्वास्थ्यकर्मीहरु विजय यादव, झोली साह लगायत स्वास्थ्य स्वयंसेविका बिरामीको उपचारमाखटिएको जनस्वास्थ्य निरीक्षक मो.इद्रिसले जानकारी दिए। सीतापुर स्वास्थ्य चौकीमा झाडापखालाका बिरामीहरूको उपचार चलिरहेको छ।  
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.