|

काठमाडौं : निर्वाचन आयोगले आगामी माघ ११ गते हुने राष्ट्रिय सभा सदस्य चुनावका लागि दल दर्ता गर्न आह्वान गरेको छ।

सरकारले राष्ट्रिय सभाका रिक्त हुने १९ सदस्य पदका लागि चुनावको मिति  घोषणा गरेपछि आयोगले शुक्रबार दल दर्ताको सूचना प्रकाशित गरेको हो।

आयोगले राष्ट्रिय सभा सदस्य चुनावका लागि मंसिर २४ गतेदेखि २९ गतेसम्म दल दर्ता गर्नका लागि समय तोकेको छ। 

फागुन २० गते रिक्त हुने २० जना राष्ट्रिय सभा सदस्यमध्ये १९ पदका लागि सरकारले माघ ११ गते चुनावको मिति घोषणा गरेको हो।  रिक्त १ जना राष्ट्रिय सभा सदस्य भने सरकारको सिफारिसमा राष्ट्रपतिले मनोनित गर्ने संवैधानिक व्यवस्था छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.