|

काठमाडौं : असार ३० देखि प्रर्दशनमा आउन लागेको फिल्म ‘म यस्तो गीत गाउँछु’को नयाँ गीत सार्वजनिक भएको छ। 'कहाँ छ र' बोलको गीतमा प्रमोद खरेल र अन्जु पन्तले स्वर दिएका छन्। गीतको संगीतकार अर्जुन पोखरेल हुन्। दिग्गज धौरालीको शब्द रहेको गीतमा कविराज गहतराजको नृत्य निर्देशन रहेको छ।

भिडियोमा फिल्मका मुख्य कलाकार पूजा शर्मा र पल शाह प्रस्तुत भएका छन्। गीतको अडियो यस अगाडी नै सार्वजनिक भैसेकेको थियो। अडियोमा निकै मन पराइएको गीतको भिडियोबाट पनि सकारात्मक प्रतिक्रिया पाउने निर्माण पक्षले आशा व्यक्त गरेको छ। 

सुदर्शन थापा निर्देशित फिल्ममा सुदर्शन र पूजाको लगानी रहेको छ। फिल्ममा पल र पुजा संगै  सरोज खनाल, रुपा राना मुख्य भूमिकामा रहेका छन्।

हेर्नुहोस गीत :

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.