|

इजिप्टको राष्ट्रपतिमा अब्देल–फताह अल–सिसी तेस्रो कार्यकालका लागि निर्वाचित भएका छन्। राष्ट्रिय निर्वाचन प्राधिकरण (एनईए) ले सोमबार उनलाई राष्ट्रपति चुनावमा विजयी घोषणा गरेको हो। 

सन् २०१४ र २०१८ मा दुवै निर्वाचनमा भारी बहुमतका साथ विजयी भएपछि सिसीले लगातार तेस्रो कार्यकाल जितेका छन्। इजिप्टमा डिसेम्बर १०–१२ मा मतदान भएको हो। विदेशमा रहेका इजिप्टका नागरिकले डिसेम्बर १ देखि डिसेम्बर ३ सम्म १२१ देशका १३७ दूतावास र वाणिज्य दूतावासहरूबाट मतदान गरेका थिए । 

कायरोमा आयोजित पत्रकार सम्मेलनमा एनईएका अध्यक्ष हाजेम बडावीले निर्वाचनमा करिव ६ करोड ७० लाख मतदातामध्ये स्वदेश तथा विदेशमा रहेका झन्डै ४ करोड ४८ लाख नागरिकले मतदान गरेको र ६६.८ प्रतिशत मतदान भएको जानकारी दिए। 

रिपब्लिकन पिपुल्स पार्टीको नेतृत्व गर्ने हाजेम ओमारले ४.५ प्रतिशत मत प्राप्त गरे भने इजिप्टियन सोसल डेमोक्र्याटिक पार्टीका फरीद जहरान र इजिप्सियन वाफड पार्टीका अब्देल–सनद यामामाले ४.५ प्रतिशत मत हासिल गरे। 

चुनावको नतिजाको घोषणापछि सिसीले राष्ट्रको नाममा सम्बोधन गर्दै देशको नेतृत्व गर्ने मिसनको लागि आफू छानिएको र इमानदारीपूर्वक जिम्मेवारी बहान गरेको प्रतिक्रिया दिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.