|

संखुवासभा : संखुवासभामा सवारीसाधनबाट हुने चोरी/तस्करी रोक्न सुरक्षाकर्मीलाई तालिम दिइएको छ । तस्करले सामग्री ओसारपसार गर्दा सवारीसाधनको प्रयोग गर्ने थालेपछि चोरी प्रहरीलाई सवारीसाधन खानतलासी सम्बन्धी पाँच दिने अनुशिक्षण तालिम दिइएको हो।

जिल्ला प्रहरी कार्यालय र मनराम माटर्स प्राइभेट लिमिटेडको आयोजनामा सवारी साधन खानतलासी सम्बन्धी पाँचदिने अनुशिक्षण सुरु भएको छ। 

कुन सवारीसाधनमा कहाँ–कहाँ फल्स बटम हुन्छ भन्ने सुरक्षाकर्मीले बुझ्न जरुरी भएका कारण प्रहरीलाई सवारीसाधन खानतलासी सम्बन्धी अनुशिक्षण तालिम सुरु गरिएको जिल्ला प्रहरी कार्यालय संखुवासभाका डिएसपी घनश्याम श्रेष्ठले जानकारी दिए। डिएसपी श्रेष्ठका अनुसार तस्करले सवारीसाधनबाट नयाँ नयाँ तरिका अपनाएर तस्करी गर्ने भएकाले रोक्न सुरक्षाकर्मीलाई तालिम सञ्चालन गरिएको बताए।

तस्करले कस्ता–कस्ता स्थानमा फल्स बटम बनाएर लुकाउन सक्छन् भन्ने सवारीसाधनका सम्भावित ठाउँका बारेमा सुरक्षाकर्मीलाई प्रयोगात्मक अभ्याससमेत गराइने डिएसपी श्रेष्ठको भनाइ छ। चोरी तस्करीका घटना न्यूनीकरण गर्ने उद्देश्यले प्रहरीलाई सवारी खानतलासी तालिम आवश्यक भएको उनको भनाइ छ।

सवारीसाधन मार्फत अवैध सामग्री ओसारपसारको बारेमासीप नहुँदा प्रहरीको चेक जाँच प्रभावकारी नहुने भएका कारण प्रहरीलाई सवारीसाधन खानतलासी सम्बन्धी तालिम आवश्यक भएको डिएसपी श्रेष्ठले बताए।

आइतबारबाट सुरु भएको सवारीसाधन खानतलासी सम्बन्धी पाँचदिने अनुशिक्षण तालिम बिहीबार सम्पन्न हुनेछ। तालिममा जिल्लाभरका १ सय प्रहरी सहभागी रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.