|
फाइल फोटो

काठमाडौं पछिल्लो महिना नेपालीको पहिलो श्रम गन्तव्य संयुक्त अरब इमिरेट्स (यूएई) बनेको छ। वैदेशिक रोजगार विभागका अनुसार सबैभन्दा धेरै मङ्सिरमा १८ हजार ४९३ जनाले श्रम स्वीकृति लिएका हुन्। अघिल्लो वर्ष मङ्सिरमा तेस्रो श्रम गन्तव्य देश थियो। 

शनिबारको गोरखापत्र दैनिकमा समाचार छ, विभागका अनुसार चालु आर्थिक वर्षको मङ्सिरमा ७१ हजार २७६ जनाले श्रम स्वीकृति लिएकोमा यूएई पहिलो श्रम गन्तव्य देश बनेको हो। 

विभागका अनुसार कतारका लागि १४ हजार १५९ जनाले श्रम स्वीकृति लिँदा दोस्रो श्रम गन्तव्य देश भएको छ। जबकि अघिल्लो आर्थिक वर्ष मङ्सिर महिनामा कतार चौथोमा थियो। यो वर्ष मङ्सिरमा मलेसियाका लागि नौ हजार ७७५ जनाले मात्रै श्रम स्वीकृति लिएर चौथो श्रम गन्तव्य देश भएको छ। विभागका अनुसार यो वर्ष मङ्सिरमा साउदी अरबका लागि १३ हजार ९८३ जनाले श्रम स्वीकृति लिएका छन्। 

विभागका अनुसार चालु आव २०८०र८१ को पहिला पाँच महिनामा रोजगारीका लागि विदेशिएकामध्ये सबैभन्दा धेरै मङ्सिरमा गएका छन्। मङ्सिर महिनामा ७१ हजार २७६ युवाले वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिएका हुन्। 

विभागका अनुसार चालु आवका पाँच महिनामध्ये कात्तिकबाहेक अन्य महिना रोजगारीमा जानेको सङ्ख्या ५० हजार नाघेको छ।

गत आव २०७९/८० को मङ्सिरमा श्रम स्वीकृति सङ्ख्या ६८ हजार ५६४ थियो। गत आवको सोही अवधिको तुलनामा श्रम स्वीकृति सङ्ख्या बढेका कारण चालु आवमा पनि विदेश जानेको सङ्ख्या उच्च हुने संकेत देखिएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.