|

बझाङ : राष्ट्रिय सूचना आयोगले बझाङको बुंगल नगरपालिकासँग सातदिने लिखित जवाफ माग गरेको छ। 

पत्रकार सुरेश धामीको पुनरावेदनका आधारमा आयोगले नगरपालिकासँग जवाफ मागेको हो। धामीले सूचनाको हकसम्बन्धी ऐनअनुसार सूचना माग गर्दै नगरपालिकाका सूचना अधिकारीलाई निवेदन दिएका थिए। तर १५ दिनभित्र सूचना नपाएपछि उनले कार्यालयका प्रमुखलाई उजुरी दिएका थिए।

उजुरीमाथि सुनुवाइ नभएपछि धामी राष्ट्रिय सूचना आयोगमा पुनरावेदन गरेका थिए। 

पुनरावेदनमाथि सुनुवाइ गर्दै  सात दिनभित्र लिखित जवाफ पेश गर्न नगरपालिकाका नाममा राष्ट्रिय सूचना आयोगले आदेश दिएको हो। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.